आगनसँग तपाईं आफ्नो ब्लग वा वेबसाइटको ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने हामीलाई hamroaagan@gmail.com मा मेल गर्नुहोला ।
आगन एउटा बिशुद्द अन्तर्कृयात्मक ब्लग हो । यो ब्लगमा तपाईं आफ्नै नयाँ Topic सुरु गर्न पनि सक्नुहुन्छ वा अरुले सुरु गरेको Topic मा पनि प्रतिकृया जनाउन सक्नुहुन्छ । यस्मा कुनै राजनीतिक समाचार प्रकाशित हुनेछैनन । यसमा जुनसुकै Topic मा छलफल सुरु गर्न सकिनेछ । यस ब्लगको प्रमुख बिशेषता नै छलफल हो । कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ । कमेन्ट लेख्दा नाम र ठेगाना लेख्नुहोला । प्रतिकृयामा ब्यक्त बिचारहरु नितान्त ब्यक्तिगत बिचार हुनेछन ।

Friday, August 28, 2009

सोसल नेट्वोर्कइङ साइट र हामी

जमाना ईन्टरनेटको छ, एक्छिन नेट भएन भने दिउसै अध्यारो भए जस्तो लाग्छ । छिन छिनमा हाइ फाइभ र फेसबूक नखोली नहुने भाको छ आज्कल हामीलाई । कस्ले कस्तो स्ट्याटस राख्यो, कसैको फोटो कमेन्ट पो आको छ कि, ग्रुपमा नयाँ केही पोस्ट भको छ कि अनी प्रोफाइल कमेन्ट पो आछकी भन्ने कौतुहलताले छिन्छिनमा सताउछ आज्कल सम्पूर्ण सोसल नेट्वोर्किङ साइटका सदस्यहरुलाई । फेरी हुन पनी साथीहरु बिच संपर्कमा रहिरहने र उस्का गतिबिधिहरु थाहा पाउने तथा आफ्नो बाड्ने गतिलो माध्यम पनि बनेका छन फेसबुक, हाइ फाइभ जस्ता थुप्रै सामाजिक सन्जाल्हरु । मेरै कुरा गर्दा पनि प्रचन्डको रजिनामा मैले सबै भन्दा पहिला फेसबूकबाट नै थाहा पाएको थिए ।
बडो गज्जब छ सामाजिक सन्जाल्हरुको क्रेज । तपाईं कत्तिको क्रेजी बन्नुभएको छ ? के लाग्छ तपाईंलाई सामाजिक सन्जाल्हरुमा जोडीनु ठीक हो ? कि वाइयात हो समयको बर्बाद मात्र ? रमाइला-नरमाइला अनुभवहरु बाड्ने होइन त?

11 comments:

  1. भात खान बरु बिर्सिएला तर दिनमा ४-५ पटक फेसबुक नखोली चित्तै बुझ्दैन । साह्रै क्रेजी बनायो फेसबुकले ।

    ReplyDelete
  2. यस्ता सामाजिक संजालहरुको लोकप्रियता र बढ्दो प्रभावले के देखाऊँछ भने मान्छे एउटा अति-सामाजिक प्राणी हो र प्रविधिको विकास जति भएपनि र आफू जति ब्यस्त भएपनि कुनै न कुनै बाटोबाट समाजमा बसिरहन्छ मान्छे। राम्रै कुरा हो यो।

    ReplyDelete
  3. as basant daai said me too think its good ..... but the concern is people not forget real social network being in this virtual social networks...

    ReplyDelete
  4. फुर्सद मा समय को सदुपयोग गर्दै ... यस्ता सामाजिक नेटवर्क हरुमा ज्वाइन हुन राम्रो कुरा हो | एक आपसका कुराहरु शेयर गर्न सजिलो र विश्व भरी छरिएर रहेका मित्रहरुसंग सजिलै नजिकिने मध्याम हो र उपायुक्त पनी |

    ReplyDelete
  5. अचम्मको लत बसेको छ फेसबुकमा, मलाई त राम्रै हो जस्तो लाग्छ ।

    ReplyDelete
  6. ma ta fb addict pare FB nachalai ta kaamai garna mood aaudaina

    ReplyDelete
  7. mero bichar ma samaye ko barbaad pani ho jasto lagchha.

    ReplyDelete
  8. पहिला पहिला टी भी अाउँदा गाउँमा अाइमाइले भात डडाएर भुसुक्क बनाएका थिए अहिले यो कम्पुटर तिनै अाइमाइका लागि साैता जस्ता भएका छन् । के गर्ने ?
    यसले हालत खराब गरिरहेछ ।

    ReplyDelete
  9. online social हुदा कतै हामि offline मा un-social त भै रा छैनओ?

    ReplyDelete
  10. हास्यव्यंग्यको चाड गाईजात्रामा
    हाँस्ने केही विषयहरुः
    १. महँगीले थिच्नु
    २. कार आएर पेटीमै किच्नु
    ३. चामल खाएर पखालाले मर्नु
    ४. सीमारेखा रातारात सर्नु
    ५. पहिरोले मान्छे पुरिनु
    ६. अपराधीहरु सुरिनु....
    ... ... ...
    ... ... ...
    आउनुहोस्, मरी मरी हाँसौँ ।

    ReplyDelete
  11. नया जमनाको नया रिति ।मोबाइल बिना त एक दिन पनि एक बर्स लाग्दछ।

    ReplyDelete

Reply it.