आगनसँग तपाईं आफ्नो ब्लग वा वेबसाइटको ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने हामीलाई hamroaagan@gmail.com मा मेल गर्नुहोला ।
आगन एउटा बिशुद्द अन्तर्कृयात्मक ब्लग हो । यो ब्लगमा तपाईं आफ्नै नयाँ Topic सुरु गर्न पनि सक्नुहुन्छ वा अरुले सुरु गरेको Topic मा पनि प्रतिकृया जनाउन सक्नुहुन्छ । यस्मा कुनै राजनीतिक समाचार प्रकाशित हुनेछैनन । यसमा जुनसुकै Topic मा छलफल सुरु गर्न सकिनेछ । यस ब्लगको प्रमुख बिशेषता नै छलफल हो । कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ । कमेन्ट लेख्दा नाम र ठेगाना लेख्नुहोला । प्रतिकृयामा ब्यक्त बिचारहरु नितान्त ब्यक्तिगत बिचार हुनेछन ।

Thursday, September 17, 2009

तपाईं के भन्नु हुन्छ, झन्डा फेर्ने कि नफेर्ने ?

भावि संविधानमा राष्ट्रिय झण्डाको विषयलाई लिएर दलहरुबीच चर्को मतभेद उत्पन्न भएको छ। संविधानसभाको संवैधानिक समितिद्वारा गठित उपसमितिमा झण्डाको विषयलाई लिएर दलहरुबीच विवाद भएको हो।
एकीकृत नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा र दलित जनजाती पार्टी राज्य पुनःसंरचनापछि मुलुकको झण्डा परिवर्तन गर्नुपर्ने अडानमा छन्।
नेपाली कांग्रेस, नेकपा एमाले र मजदुर किसान पार्टी भने अहिलेकै झण्डा राख्नुपर्ने पक्षमा छन्। एकीकृत नेकपा माओवादीले राज्य पुनःसरंचनापछि प्रान्तको संख्या अनुसार तारा अंकित र नयाँ झण्डाको व्यवस्था गर्नुपर्ने बताएको छ। कांग्रेस र एमालेले भने अहिलेको झण्डाले राष्ट्रिय पहिचानलाई सार्थक रुपमा ग्रहण गरेकाले परिवर्तन आवश्यक नरहेको बताउदै आएको छ

तपाईंलाई के लाग्छ, हाम्रो राष्ट्रिय झन्डा फेर्नै पर्छ र ? कि नफेरी हुँदैन ?

Photo Courtesy: kameda-lab.org