
भावि संविधानमा राष्ट्रिय झण्डाको विषयलाई लिएर दलहरुबीच चर्को मतभेद उत्पन्न भएको छ। संविधानसभाको संवैधानिक समितिद्वारा गठित उपसमितिमा झण्डाको विषयलाई लिएर दलहरुबीच विवाद भएको हो।
एकीकृत नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा र दलित जनजाती पार्टी राज्य पुनःसंरचनापछि मुलुकको झण्डा परिवर्तन गर्नुपर्ने अडानमा छन्।
नेपाली कांग्रेस, नेकपा एमाले र मजदुर किसान पार्टी भने अहिलेकै झण्डा राख्नुपर्ने पक्षमा छन्। एकीकृत नेकपा माओवादीले राज्य पुनःसरंचनापछि प्रान्तको संख्या अनुसार तारा अंकित र नयाँ झण्डाको व्यवस्था गर्नुपर्ने बताएको छ। कांग्रेस र एमालेले भने अहिलेको झण्डाले राष्ट्रिय पहिचानलाई सार्थक रुपमा ग्रहण गरेकाले परिवर्तन आवश्यक नरहेको बताउदै आएको छ ।
तपाईंलाई के लाग्छ, हाम्रो राष्ट्रिय झन्डा फेर्नै पर्छ र ? कि नफेरी हुँदैन ?
Photo Courtesy: kameda-lab.org
नफेर्ने! अहिलेको झण्डा विशिष्ट र मौलिक पहिचानयुक्त छ। राष्ट्रिय झण्डा देशको सबैभन्दा जीवन्त प्रतीक हो। यो कसैको लहड र खेलाँचीको शिकार बन्न सक्दैन।
ReplyDeleteदेशमा संगीन-विकराल समस्याहरु धेरै छन्, माओवादीहरु किन हात धोएर झण्डाको पछि लागेका छन् कुन्नि!
झण्डा फेर्ने हैन, जसले यो झण्डा फेर्नु पर्छ भन्छ त्यसैलाई फेर्ने हो ।
ReplyDeletei agree with basanta jee and dilp jee .
ReplyDeleteagree with all..........definitely we not gonna change our lovely flag.
ReplyDeletenafarna ,farna hunnaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa............
ReplyDeleteमाओवादीहरुमा विचार बाहेक सबै छ । त्यसैले .......!
ReplyDeleteविश्वमै अनुपम, अद्दितिय छ नेपाली झण्डा त्यसैले यो परिवर्तन गरिनु हुदैन । त्यसका डिजाइनर लार्इ एक पटक सलुट छ । केही पनि गर्न नसके पछि अब झण्डा फेर्ने कुरा अायो । सायद झण्डाले त केहि असर गर्छ जस्तो लाग्दैन । देश विकास कसरी गर्ने, जनताको क्षमता कसरी विकास गर्ने भन्ने कुराका सट्टामा झण्डा फेर्ने कतिसम्मका शिक्षित छन् है हाम्रा नेता भनाउदा हरू । यति बेला भन्न मन लाग्छः तिनीहरूलार्इ - बाघका छाला अोढेका स्यालहरू!
ReplyDeleteGyanu Basnet: http://www.sahityamanjaree.blogspot.com