हामी नेपालीहरु लाहुर पस्ने चलन धेरै पुरानो हो । नेपालीहरु बिदेशिने ईतिहास हेर्दा हाम्रो बाबु-बाजेहरु गुर्खा सैनिकको रुपमा बेलायत तथा भारत छिरे त्यसैगरी ब्यापारको सिल्सिलामा तिब्बत, बर्मा, चिन हुँदै अन्य देशहरु पनि छिरे । पछी बिस्तारै कामको खोजिमा मलेसिया, दुबइ, कतार, साउदी, जापान, अमेरिका, यूरोप जाने क्रम बिस्तारै बढ्यो तर अहिले बिदेश जानु त फेसन जस्तै भएको छ । पढ्न होस् वा काम गर्न, कानुनी रुपमा होस् वा गैरकानुनी रुपमा अहिले नेपाली युवाहरु बिदेशिने क्रम ह्वात्तै बढेको छ । नेपालमा त्रिभुवन बिश्वबिद्यालय, काठमाडौं विश्वबिद्यालय जस्ता उत्कृष्ट अध्ययन स्थल हुँदाहुँदै आजकाल प्रत्यक दिन सयौ युवायुवतिहरु लाखौं खर्च गरेर अध्ययनको लागि बेलायत, अष्ट्रेलिया, अमेरिका, यूरोप, जापान, क्यानाडा, चिन, लगायत अन्य थुप्रै मुलुकतर्फ उड्ने गर्दछन । तपाईंलाई के लाग्छ, नेपालमा पढ्ने बातावरण नभएर उनिहरु बिदेशिएका हुन त? कि बहिर अध्ययन गर्ने निहु मात्र हो?
Thursday, February 5, 2009
Subscribe to:
Post Comments (Atom)


tyo manche manche ma bhar parne kura ho..sabai ko ekainas hudaina. bidesine dherai karan huna sakchan...kati ko badhyeta hola ta katiko rahar.
ReplyDeleteI am very happy to see this blog.I appreciate your capacity..Thanks
ReplyDeleteराम्रो प्रसङ्ग कोट्ट्याउनुभएछ आगनका मित्रहरुले । नेपालमा पढ्ने बातावरण नभएको त होइन त्रिबी, केयू जस्ता शिक्षण संस्था हुँदा हुँदै पनि नेपालमै केही गर्ने अवसर र बातावरण नभएर पो नेपाली विद्यार्थीहेरु बाहिरिएका हुन कि? नत्र त आफ्नै देशमा आफ्नै परिवार र साथीभाइसँग बसी पढ्न छोडि लाखौं खर्च गरेर बिदेशिनु कस्लाई पो रहर होला र?
ReplyDeleteOff topic Note:
ReplyDeleteअस्ति राती देखी ब्लगरमा ब्लग चलाउनेहरुको "Followers" हरु स्वात्तै घटेका छन। बास्तबमा गुगलले केहि 'सुधार' गर्ने क्रममा “Public” Followers हरु “Anonymous” मा परिवर्तन भएकाले सो समस्या उत्पन्न भएको हो । यसको निराकरणको लागि सबैले एक चोटी आफ्नो Dashboard मा जानुहोस। त्यसपछि Reading List भन्दा मुनी MANAGE मा थिचि "Manage Blogs I'm Following" मा गई दाँया पट्टीको सबै "Anonymous" लाई "Public" मा परिवर्तन गर्नुहोस । बस । गुगल आफैले यो गर्ने छैन त्यसैले सबैले manually आफैं गर्नु पर्ने छ । अर्थात Followers हरुले नै गर्नु पर्छ (Follow भएको ब्लगरले गरेर हुँदैन) ।
पूर्वको मधूरो
ReplyDeleteघाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को
हार्दिक शुभकामना
I was saying exactly same thing while explaining what does our country export...
ReplyDelete"It used to export recruits for Gurkha army, now it exports students... "
:)