आगनसँग तपाईं आफ्नो ब्लग वा वेबसाइटको ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने हामीलाई hamroaagan@gmail.com मा मेल गर्नुहोला ।
आगन एउटा बिशुद्द अन्तर्कृयात्मक ब्लग हो । यो ब्लगमा तपाईं आफ्नै नयाँ Topic सुरु गर्न पनि सक्नुहुन्छ वा अरुले सुरु गरेको Topic मा पनि प्रतिकृया जनाउन सक्नुहुन्छ । यस्मा कुनै राजनीतिक समाचार प्रकाशित हुनेछैनन । यसमा जुनसुकै Topic मा छलफल सुरु गर्न सकिनेछ । यस ब्लगको प्रमुख बिशेषता नै छलफल हो । कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ । कमेन्ट लेख्दा नाम र ठेगाना लेख्नुहोला । प्रतिकृयामा ब्यक्त बिचारहरु नितान्त ब्यक्तिगत बिचार हुनेछन ।

Saturday, January 24, 2009

खुशी को खबर

'चादनी चोक टु चाईना' टिम ले माफि मगेको कुरा सुन्न र पढ्नमा आएको छ, यो हामी नेपालीहरु को लागि खुशी को कुरा हो। हामी कसैको दास हैनौ भनेर प्रमाणित भएको छ। तर यत्तिमै खुशी हुने र गर्व गर्ने ठाउँ चाँही छैन,wikipedia देखी लिएर बिभिन्न वेबसाईट हरुमा अझै बुद्ध भारत म जन्मिएका हुन भनेर लेखिएको छ। अब हामी सबै मिलेर बिश्व माझ हाम्रो सहि परिचय दिन जरुरी छ

Thursday, January 22, 2009

आऔ हातमा हात मिलाएर बिरोध गरौ

हामी कसैको दास न कहिल्यै बन्यौ र न कहिल्यै बनेर बस्नेछौ भन्ने कुरा विश्व माझ देखाउने बेला फेरी पनि आएको छ। सिमा क्षेत्रमा सिमा मिचेको कुरा होस् या हालसालै चादनी चोक टू चाइना को कुरा होस्,हरेक कुरा मा हामीलाई तल पार्न खोजिएको छ। हाम्रो पवित्र देश नेपालका परिचायक भगवान बुद्ध लाई आफ्नो पोल्टामा पार्न खोज्ने भारतको यो बिस्तारबादी नितिको बिरोध गरौ।आऔ सबैजना हातमा हात मिलाएर हरेक पेसा र बर्गका नेपाली ले आ-आफ्नै क्षेत्र बाट आफ्नै तरिकाले कुनै धनजनको क्षति नपुराइकन शान्तिपूर्ण बिरोध गरौ।

Monday, January 19, 2009

नयाँ पुस्ता

आजकाल दिनप्रतिदिन नेपाली नयाँ पुस्ता नयाँ नयाँ प्रबिधी सम्बद्द उपकरणहरुको प्रयोगमा लहसिदै गएको छ । थ्रीजी मोबाईल फोन र आईपोड त छदै छ पछील्लो अवधिमा युवापुस्ता ल्यापटप कम्प्युटर तर्फ आकर्षित हुँदै छ । अहिलेको पुस्ता ल्याप्टपलाई ग्ल्यामरस उपकरणको रुपमा बुझ्छ । ल्याप्टप भए अरु के नै चाहियो र ? भन्ने युवाहरु थुप्रै भेटिन्छन काठमाडौं र अन्य शहरहरुमा । त्यसैगरी आजकल झोलामा ल्यापटप बोकेर हिंड्ने युवाहरु पनि थुप्रै भेटिन्छन् । तपाईंलाई के लाग्छ ल्यापटप आवश्यकता नै बनिसकेको हो त नेपाली युवाहरुको लागि? कि नेपाली युवा आफुलाई समय र प्रबिधीसँग upto date राख्ने क्रम्मा ल्यापटप तर्फ आकर्षित भएका हुन ?

Saturday, January 17, 2009

अब हाम्रो पालो

राजधानीमा समय समयमा हुने फोहोर को समस्या लाई कसरी दिर्घकालिन रुपमा समाधान गर्न सकिएला?

नेपालमा बर्ड फ्लुको प्रबेश, संकट माथि अर्को संकट।

संकटनै संकटले घेरिएको अहिले को समयमा फेरी अर्को संकटले बिना अनुमती प्रवेस गरेको छ। नेपालको काकडभित्तामा बर्डफ्लु भेटिएको छ। उर्जाको संकटले ग्रसित मुलुकमा अब फेरी बर्ड फ्लु!!!!!अब त नेपाल को पर्यायबाची शब्द नै संकट नै भैसक्यो!!!!

हार्दिक श्रद्धाञ्जली

चर्चित टेलिभिजन 'टक शो-बहस' का संचालक,पत्रकार तथा कानुन ब्यबसायी ईन्द्र लोहनी को गत शुक्रबार हृदयघातका कारण असामयीक निधन भयकोमा उहाको आत्माको चिरशान्तीको कामना गर्दै शोकसन्तप्त परिवार प्रती ईश्वरले धैर्य धारण् गर्ने शक्ती प्रदन गरुन भन्दै यस आगन परिवार हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछ।

नयाँ प्रयासको थालनी

आज हामी केही साथीहरु मिलेर नेपाल तथा बिदेशमा रहनुहुने विद्यार्थी तथा आप्रबासी हरुको बिचमा आपसी सदभाव र सम्बन्ध लाई सुमधुर बनाऔ भन्ने उद्देस्यका साथ यो ब्लग खोलेका छौ। तपाईंहरुले पनि आफ्ना गुनाशा तथा बिचार हरुलाई यो ब्लग मार्फत अरुका बिचमा राख्न सक्नुहुनेछ। हाम्रो यो सानो प्रयासले सम्पूर्ण नेपालीहरुमा आफ्नोपन को महसुस गराउन सक्छ की ?
हामी तपाईंको अमुल्य बिचार तथा सुझाब को अपेक्ष्या गर्दछौ।