आगनसँग तपाईं आफ्नो ब्लग वा वेबसाइटको ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने हामीलाई hamroaagan@gmail.com मा मेल गर्नुहोला ।
आगन एउटा बिशुद्द अन्तर्कृयात्मक ब्लग हो । यो ब्लगमा तपाईं आफ्नै नयाँ Topic सुरु गर्न पनि सक्नुहुन्छ वा अरुले सुरु गरेको Topic मा पनि प्रतिकृया जनाउन सक्नुहुन्छ । यस्मा कुनै राजनीतिक समाचार प्रकाशित हुनेछैनन । यसमा जुनसुकै Topic मा छलफल सुरु गर्न सकिनेछ । यस ब्लगको प्रमुख बिशेषता नै छलफल हो । कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ । कमेन्ट लेख्दा नाम र ठेगाना लेख्नुहोला । प्रतिकृयामा ब्यक्त बिचारहरु नितान्त ब्यक्तिगत बिचार हुनेछन ।

Thursday, January 22, 2009

आऔ हातमा हात मिलाएर बिरोध गरौ

हामी कसैको दास न कहिल्यै बन्यौ र न कहिल्यै बनेर बस्नेछौ भन्ने कुरा विश्व माझ देखाउने बेला फेरी पनि आएको छ। सिमा क्षेत्रमा सिमा मिचेको कुरा होस् या हालसालै चादनी चोक टू चाइना को कुरा होस्,हरेक कुरा मा हामीलाई तल पार्न खोजिएको छ। हाम्रो पवित्र देश नेपालका परिचायक भगवान बुद्ध लाई आफ्नो पोल्टामा पार्न खोज्ने भारतको यो बिस्तारबादी नितिको बिरोध गरौ।आऔ सबैजना हातमा हात मिलाएर हरेक पेसा र बर्गका नेपाली ले आ-आफ्नै क्षेत्र बाट आफ्नै तरिकाले कुनै धनजनको क्षति नपुराइकन शान्तिपूर्ण बिरोध गरौ।

2 comments:

  1. हो आगनले उठाएको कुरा सँग म पनि सहमत छु । आखिर किन गर्दै छ भारतले यो सब ? नेपालीहरुको सोझोपना र निरिह सरकारको फाईदा उठाउदै छ भारतले । आफ्नै देशमा बिरोध चर्किदा पनि किन नेपाल सरकार चुप बस्छ ? गज्जब छ बा । बहिरोअन्धो नेपाल सरकारलाई झक्झकाउदै सम्पूर्ण नेपालीहरु बिस्तारबादी भारतको बिरोधमा उत्रनु जरुरी छ । हामी आफ्नै क्याम्पस फोडेर र चक्काजाम गरेर होइन शान्तिपूर्ण तरिकाले बिरोध जनाउनु पर्दछ ।

    ReplyDelete
  2. हिन्दी चलचित्र "चाँदनी चोक टु चाइना" मा के के जाति भन्यो भनेर, यहाँ हामी ले आफ्नै सम्पत्ति तोडफोड गर्नथाले पछि, आज नेपाल सरकार ले "चाँदनी चोक टु चाइना" को प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

    नेपाल सरकार ले हिन्दी चलचित्र "चाँदनी चोक टु चाइना" को प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । अब, नेपालका सिनेमा हलमा यो चलचित्र त चल्ने छैन तर यो भिसिडी र डिभिडि चाँहि कसरी रोक्ने हो ? त्यस्तै विवादास्पद दृश्य काट्न नेपाल सरकारले भारतलाई छिट्टै पत्र पनि लेख्दै छ रे !

    ReplyDelete

Reply it.