जमाना ईन्टरनेटको छ, एक्छिन नेट भएन भने दिउसै अध्यारो भए जस्तो लाग्छ । छिन छिनमा हाइ फाइभ र फेसबूक नखोली नहुने भाको छ आज्कल हामीलाई । कस्ले कस्तो स्ट्याटस राख्यो, कसैको फोटो कमेन्ट पो आको छ कि, ग्रुपमा नयाँ केही पोस्ट भको छ कि अनी प्रोफाइल कमेन्ट पो आछकी भन्ने कौतुहलताले छिन्छिनमा सताउछ आज्कल सम्पूर्ण सोसल नेट्वोर्किङ साइटका सदस्यहरुलाई । फेरी हुन पनी साथीहरु बिच संपर्कमा रहिरहने र उस्का गतिबिधिहरु थाहा पाउने तथा आफ्नो बाड्ने गतिलो माध्यम पनि बनेका छन फेसबुक, हाइ फाइभ जस्ता थुप्रै सामाजिक सन्जाल्हरु । मेरै कुरा गर्दा पनि प्रचन्डको रजिनामा मैले सबै भन्दा पहिला फेसबूकबाट नै थाहा पाएको थिए ।
बडो गज्जब छ सामाजिक सन्जाल्हरुको क्रेज । तपाईं कत्तिको क्रेजी बन्नुभएको छ ? के लाग्छ तपाईंलाई सामाजिक सन्जाल्हरुमा जोडीनु ठीक हो ? कि वाइयात हो समयको बर्बाद मात्र ? रमाइला-नरमाइला अनुभवहरु बाड्ने होइन त?