आगनसँग तपाईं आफ्नो ब्लग वा वेबसाइटको ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने हामीलाई hamroaagan@gmail.com मा मेल गर्नुहोला ।
आगन एउटा बिशुद्द अन्तर्कृयात्मक ब्लग हो । यो ब्लगमा तपाईं आफ्नै नयाँ Topic सुरु गर्न पनि सक्नुहुन्छ वा अरुले सुरु गरेको Topic मा पनि प्रतिकृया जनाउन सक्नुहुन्छ । यस्मा कुनै राजनीतिक समाचार प्रकाशित हुनेछैनन । यसमा जुनसुकै Topic मा छलफल सुरु गर्न सकिनेछ । यस ब्लगको प्रमुख बिशेषता नै छलफल हो । कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ । कमेन्ट लेख्दा नाम र ठेगाना लेख्नुहोला । प्रतिकृयामा ब्यक्त बिचारहरु नितान्त ब्यक्तिगत बिचार हुनेछन ।

Saturday, January 24, 2009

खुशी को खबर

'चादनी चोक टु चाईना' टिम ले माफि मगेको कुरा सुन्न र पढ्नमा आएको छ, यो हामी नेपालीहरु को लागि खुशी को कुरा हो। हामी कसैको दास हैनौ भनेर प्रमाणित भएको छ। तर यत्तिमै खुशी हुने र गर्व गर्ने ठाउँ चाँही छैन,wikipedia देखी लिएर बिभिन्न वेबसाईट हरुमा अझै बुद्ध भारत म जन्मिएका हुन भनेर लेखिएको छ। अब हामी सबै मिलेर बिश्व माझ हाम्रो सहि परिचय दिन जरुरी छ

5 comments:

  1. हो, अब गौतम बुद्ध को प्रचार हामी नेपाली आफैँले गर्नु जरुरी छ । अब म पनि ब्लगमा गौतम बुद्ध सम्बन्धि केही लेखौँ कि भन्ने सोच्दैछु ।

    ReplyDelete
  2. Ya !! It's a universal true that Lord Buddha born in Nepal but why the India is in the way of manipulating?
    We are not "Eklai" !!
    Whole Nepalese, the world and buddhists is in our way.
    Hami sabai ekatrit chhau, Aafno Deshko Gaurab ko lagi hami je pani garna sakchhau,
    Yo nai Gorkhali ko "AAWAJ" ho !!
    Aba Bishwa le dekhne chha , Nepal ke ho ra Nepali ke ho !!!
    Atom bomb pani saanai hunchha !!!!!!!!!!!!!!!!!

    ReplyDelete
  3. सबै मिलेर सामूहिक रूपमा गर्नसक्ने एउटा बाटो पत्ता लगाऊँ र आफ्नो ठाउँबाट जति सकिन्छ सबैले अलिअलि गरेर आफ्नो राष्ट्रको बारेमा सकरात्मक र सहि जानकारी दिनतर्फ लागौँ !!! सबै मिलेर गरियो भने अवश्य सकिन्छ !!!

    ReplyDelete
  4. रहर होस् वाध्यता बिदेशमा रहने सम्पूर्ण नेपाली हरु को पनि यो अभियानमा महत्वपूर्ण योगदान रहन सक्छ,आफ्नो कार्यस्थल होस् या कलेज सेमिनार होस् या अरु कुनै कार्यक्रम सबै ठाउँ मा बुद्ध को सहि परिचय दिने प्रयास गर्ने हो भने पनि हाम्रो अभियान ले सफलता प्राप्त गर्न सक्छ।

    ReplyDelete
  5. चादनी चोक टु चाइना टिमले माफि माग्यो त्यो राम्रो कुरा जुन उनिहरुले नगरि सुखै थिएन । तर उनिहरुले माफि माग्दैमा र केही सिन काट्दैमा सबै कुरा एकाएक चेन्ज हुने पनि होइन । त्यसैले सम्पूर्ण भारतीय तथा बिदेशी नागरिकहरुलाई बुद्ध भारतमा होइन नेपालमा जन्मेका हुन भनेर जानकारी गराउनु जरुरी छ ।

    ReplyDelete

Reply it.